पछिल्ला दिनमा भारत-नेपालबीच आपसी समझदारी बढ्दै गएको छः भारतीय विदेशमन्त्री

१७ मंसिर ७७, बिहीबार

१८ मंसिर, एजेन्सी ।
भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसंग समझदारी विकास हुँदै गएको बताएका छन् ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा मन्त्री जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको धारणा राखेका हुन् ।

‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ,’ जयंशंकरले भनेका छन् ।

Advertisement

जयंशकरको संकेत पछिल्लो समय भारतका तर्फबाट लगातार भएका उच्चस्तरीय भ्रमणको शृखंलातर्फ थियो । नक्सा विवादका कारण एक वर्षदेखि दुई देशबीच संवादहीनता कायम रहेकै अवस्थामा डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए ।

त्यसलगत्तकै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं ओर्लेका थिए । भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा अथ्र्याइएको छ ।

विशेषगरी दुई देशबीचको संवादहीनताका फाइदा उठाउँदै उत्तरी छिमेकी चीनको नेपालमा आफ्नो प्रभावलाई बढाउँदै लगेको र त्यसकारण पनि काठमाडौंलाई ‘इन्गेज’ राखिराख्ने रणनीतिअन्तर्गत भारतका तर्फबाट उच्च अधिकारीहरुको नेपाल भ्रमण भएको दाबी गरिएको छ ।

साथै अन्तर्वार्तामा जयंशकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन् । ‘कुनै दुई छिमेकी भन्नुस् जसका बीचमा समस्या नभएको होस्,’ जयंशकरले भनेका छन् ।

त्यसैगरी उनले दुई देशबीच पछिल्लो एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाको रुपमा समेत संकेत गरेका छन् । उनले अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।

‘उनीहरुको आफ्नो राजनीति छ । हाम्रो आफ्नै राजनीति छ । विवाद त भइहाल्छन् । मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो । प्रमुख प्रश्न भनेको समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ?’ जयंशकरले अन्तर्वार्तामा भनेका छन् ।

तर, छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको समेत उनले दाबी गरेका छन् । त्यसैगरी जयंशकरले संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top