अमेरिकामा एकैदिन थपिए २ लाखबढि संक्रमित, १ लाखबढि एकैदिन अस्पताल भर्ना

१८ मंसिर ७७, बिहीबार
Share this
734shares

१८ मंसिर, एजेन्सी ।
कोरोनाभाइरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा फेरी दुईवटा नयाँ रेकर्ड कायम हुन पुगेको छ।

Advertisement

अमेरिकामा एकै दिन २ लाख भन्दा धेरै संक्रमित पहिचान भएका छन् भने एकै दिन अस्पतालमा उपचारका लागि भर्ना हुनेको संख्या १ लाखभन्दा धेरै पुगेको छ।

कोभिड १९ विरुद्धको खोपमा सफलता पाएको खबरसँगै अमेरिकामा संक्रमणको अर्को वेभ जसरी आएको छ, त्यसले धेरैलाई अत्याएको छ।  सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक रोबर्ड रेडफिल्डले आगामी दिन थप खराब हुने बताएका छन्।

Advertisement

उनले फेब्रुअरीसम्म अमेरिकामा कोभिड १९ ले ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार कट्नसक्ने तथ्याङ्क पेश गरेका छन्। हिउँदको चिसो अमेरिकी इतिहासमै सार्वजनिक स्वास्थ्यका हिसाबले सकसपूर्ण हुने बताए।

पछिल्लो २४ घन्टामा अमेरिकामा कम्तिमा पनि ९८ हजार ६ सय ९१ जना अस्पतालमा भर्ना भएका छन्। कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। नोभेम्बर १ मा अस्पताल भर्ना भएकाभन्दा यो दोब्बर संख्या हो भने अक्टोबरको तुलनामा तेब्बर हो।

Advertisement

२४ घन्टामा नै अमेरिकामा कम्तिमा २ हजार ५ सय ९७ जना मानिसले कोभिड १९ कै कारण ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। मृत्यु हुनेको संख्यामा यो दोस्रो ठूलो दिन बनेको छ।

पछिल्लो तीन सातायता औशतमा दैनिक १ हजार ५ सय ३१ अमेरिकीले कोरोना भाइरसका कारण ज्यान गुमाउँदै आएका थिए। जोन्स हप्किन्स विश्वविद्यलयका अनुसार कम्तिमा पनि १ लाख ८० हजार ८३ नयाँ कोभिड १९ केस एकै दिन देखिएको छ।

जनस्वास्थ्यसँग जोडिएका विज्ञहरुका अनुसार अमेरिकामा थ्याङ्स् गिभिङमा भएको भिडले कोभिड १९ फैलाउन महत्वपूर्ण योगदान दिएको छ। त्यसपछि अबका सार्वजनिक विदाले पनि त्यसमा थप सघाउनसक्ने उनीहरुको चेतावनी छ। मध्य डिसेम्बरबाट मृत्यु हुनेको संख्या अझ माथि जाने उनीहरुको प्रक्षेपण छ।

पश्चिमा मुलुकमध्ये बेलायतमा आजबाट कोभिड १९ खोपको प्रयोगलाई अनुमति दिएको छ। खोप उत्पादक फाइजर र वायो एन टैकले सीमित संख्यामा भए पनि खोप उपलब्ध गराउन थाल्नेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top