२१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जना डिस्चार्ज भएका छन् भने १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने २ लाख २५ हजार ८०५ जना डिस्चार्ज भएका छन । देशभर सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । अहिले ५३६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गराएको छ ।