२२ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २८ जना डिस्चार्ज भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने २ लाख २७ हजार ४३३ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले ५२७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १७ लाख ९० हजार ७३९ जनाको पीसीआर परीक्षण गराएको छ ।