×

NEPAL TIMES UPDATES

Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026

रोमानीयाको चुनावमा विपक्षीलाई झिनो अग्रता

२२ मंसिर २०७७

२२ मंसिर, एजेन्सी ।

रोमानीयाको मुख्य विपक्षी दल सोसल डेमोक्रेटिक पार्टी (पिएसडी) ले संसदको आमनिर्वाचनमा झिनो अग्रता कायम गरेको छ । करिब ९८ प्रतिशत मतगणना भइसक्दा पिएसडीले ३१ प्रतिशत मत प्राप्त गरेको छ ।

Advertisement
Advertisement

निर्वाचन आयोगका अनुसार पूर्व अनुमान विपरीत सत्तारुढ दल नेसनल लिबरल पार्टी (एनएलपी)ले २६ प्रतिशत मतसहित दोस्रो स्थानमा पुगेको छ ।

संसदमा उपस्थिति जनाउन आवश्यक पर्ने ५ प्रतिशतको मतसीमा तीन वटा दलले प्राप्त गरेका छन् । प्राप्त विवरण अनुसार युएसआर–प्लस गठबन्धनले १५ प्रतिशत, अलायन्स फर युनिटी अफ रोमानियन्स (एयुआर) ले ९ प्रतिशत तथा डेमोक्रेटिक युनियन रोमानीयाले ६ प्रतिशत मत पाएका छन् ।

चुनावअघि गरिएका धेरैजसो मतसर्वेक्षणको प्रक्षेपणलाई गलत सावित गर्दै चुनावमा भिन्न नतिजा प्राप्त भएको छ । राष्ट्रवादी नारा दिएर गत वर्षमात्र गठन भएको युएसआर–प्लसले आश्चर्य चकित पार्दै संसदमा सम्मानजनक उपस्थिति जनाएको छ ।

कोरोनााभाइरस महामारीकै बीचमा सम्पन्न यस चुनावमा ७ हजार १३६ जना चुनावी मैदानमा उत्रिएका थिए । रोमानीयामा १ करोड ८० लाख मतदाता थिए । तर चुनावमा ३१.८४ प्रतिशत मात्र मतदान भएको थियो, र यो विगत ३० वर्षमै सबैभन्दा कम मतदान हो ।

Advertisement
Advertisement

चुनावी पछिल्लो मतपरिणामले संसदमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेका छैनन् । त्यसैले आगामी सरकार गठबन्धन स्वरुपको हुनेमा कुनै शंका छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top