Nepal Times
Nepal Times
3
Shares

अभिनेत्री स्वेता खड्काले कसिन् लगनगाँठो

अभिनेत्री स्वेता खड्काले कसिन् लगनगाँठो

२२ मंसिर, काठमाडौं ।

अभिनेत्री स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । स्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे ।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

स्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘काेहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन् । उनी पछिल्लाे समय समाजसेवामा पनि सक्रिय रहँदै आएकी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.