२४ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८३ जना डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने २ लाख ३० हजार ५ सय ३७ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले ५२५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १८ लाख ५ हजार ९७२ जनाको पीसीआर परीक्षण गराएको छ ।