बेलायतमा नेपाली खानाको प्रशंसा, सन्तोष जित नजिक (भिडियो सहित)

२४ मंसिर, विराटनगर । सिरहाका सन्तोष यतिबेला संयुक्त अधिराज्य बेलायतमा आफ्नो सिप र नेपालीको शुभेच्छाले इतिहास रच्ने बाटोमा अघि बढिरहेका छन ।कर्ममा विश्वास गर्ने सन्तोषबाट अहिलेसम्म सफलता पर गएको छैन ।

नेपाल र नेपाली खानालाई विश्वमाझ चिनाउने अभियानमा रहेका नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् यूकेको टप ८ मा पर्न सफल भएका छन् । सिरहाबाट सानै उमेरमा भारत, भारतमा वर्षौँको संघर्षपछि लण्डन हानिएका सन्तोष यतिबेला विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगिताको सेमिफाइनल चरण भन्दा माथि पुगेका छन् । पाक कलामा पोख्त सन्तोषले नेपालको हिमाली भेगमा प्रचलित खाना भुटेको काँक्रोको बियाँ, बन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाए । यस्ता परिकार कहिल्यै नचाखेको भन्दै निर्णायकको प्रशंसा बटुलेका उनि सेमिफाइनल चरणमा पुगेका १० प्रतियोगिमध्येबाट अन्तिम ८ मा परेका हुन् । यो राउण्डमा १० सेमिफाइनलिस्टलाई २ समूहमा प्रतिस्पर्धा गराइएको थियो । दुवै समूहबाट ४, ४ जना छनोट गरेर कूल ८ जनालाई अघिल्लो राउन्डमा पुर्याइएको हो । पहिलो राउन्डमा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये तीन जना सिधै अर्काे चरणमा लैजाने क्रममा नेपाली सेफ सन्तोष पनि उत्कृष्ट ३ मै पर्न सफल भएका हुन् । अब छनौट भएका ८ जना प्रतियोगीबीच पनि अर्काे एक चरणको प्रतिस्पर्धा गराइनेछ र तिनबाट फाइनल राउन्डका लागि ६ जना छनोट गरिनेछ । प्रतियोगिताको फाइनल भने १७ डिसेम्बरमा हुनेछ ।

हरेक चरणमा नेपाली खानाका परिकार पस्किरहेका सन्तोषले यसअघि पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार आदि नेपाली खाना तयार गरि चखाएका थिए । भाँडा माझ्ने काम गर्दै पाँच तारे होटलको एक्जुकेटिभ सेफसम्मको अनुभव बटुलिसकेका उनी नेपाली खाना लिएर अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिने संभवतः पहिलो नेपाली हुन । प्रतियोगिता हार्नु÷जित्नु प्राथमिकतामा नपरेको बताउने उनी नेपाली खानालाई विश्वमाझ चिनाउन चाहन्छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top