साकेला गाउँपालिकामा जाली कागजात बनाएर एकै वर्ष ८७ लाख सुरक्षा भत्ता दुरुपयोग

२४ मंसिर ७७, बिहीबार

२५ मंसिर, खोटाङ।

साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो ।

भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ भित्र रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्कालाई बुझाएको छ ।

Advertisement

छानविन समितिले आर्थिक वर्ष २०७६-०७७ मा वडा नं १ बाँझे च्यानडाँडामा रु २० लाख ३४ हजार ४००, वडा नं २ रतन्छामा रु १२ लाख २८ हजार, वडा नं ३ खिदिमामा रु ११ लाख ८७ हजार २००, वडा नं ४ मात्तिममा रु २२ लाख ८७ हजार २०० र वडा नं ५ मात्तिमबिर्तामा रु २० लाख ४८ हजार सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानविनका क्रममा फेला परेको छानविन समिति संयोजक खड्काले जानकारी दिए । शुरुमा वडा नं ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उहाँको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।रासस

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top