×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

कोरोनाविरुद्धको खोप धनी राष्ट्रले सञ्चित गर्दा विपन्नलाई मर्का पर्न सक्ने

२५ मंसिर २०७७

काठमाडौं: खोप अभियान सञ्चालन गर्ने निकायले धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोपको डोज सञ्चित गर्दा विपन्न राष्ट्रहरुले खोप लगाउनबाट बञ्चित हुने चेताबनी दिएको छ । सर्वसाधारणका लागि खोप अभियान सञ्चालन गर्ने गठबन्धनले करिब ७० वटा न्यून आय भएका राष्ट्रले प्रति दश ब्यक्तिमा एक जनाका लागि मात्रै खोप उपलब्ध हुने बताएको छ ।

अक्सफोर्डको आष्ट्राजेनेकाले आफूले उत्पादन गरेको खोपको ६४ प्रतिशत हिस्सा विकासशील राष्ट्रलाई उपलब्ध गराउने जनाएको छ । विश्वब्यापी रुपमा खोपको निष्पक्ष आपूर्ति सुनिश्चित गर्न पाइला चालिएको छ । कोभ्याक्सको नामले चर्चित उक्त अभियानले ९२ न्यून आय भएका राष्ट्रहरुका लागि ७० करोड डोज सुनिश्चित गरेको छ । उक्त अभियानमा एमनेष्टी इन्टरनेशनल, अक्सफार्म र ग्लोबल जस्टिस आबद्ध छन् । तीनै संस्थाले खोप उत्पादनकर्ता औषधी कम्पनीले आफ्नो प्रबिधि साझा गरेर बढीभन्दा बढी खोप उत्पादनमा सघाउन आग्रह गरेको छ ।
हाल अमेरिकाले उत्पादन गरिरहेको मोर्डना, बेलायतमा अक्सफोर्डको आष्ट्राजेनेका, जर्मन र अमेरिकाको एनबायोटेक र फाइजर तथा चीनको सिनोभ्याक खोप उत्पादनमा अगाडि देखिएका छन् । कोभ्याक्सले सम्पन्न राष्ट्रले आफ्नो पुरै जनसंख्याको तेब्बर डोज खोप आपूर्तिको सम्झौता गरेको जनाएको छ ।

Advertisement
Advertisement

कोभ्याक्सको दाबी बमोजिम क्यानाडाले आफ्नो पुरा जनसंख्याको पाँच गुणा बढी खोप आपूर्तिको सम्झौता गरेको छ । विश्वका धनी राष्ट्रको जनसंख्या विश्व जनसंख्याको १४ प्रतिशत छ । र हालसम्मका तीनैवटा खोपको करीब ५३ प्रतिशत खोप आपूर्ति गर्न यी राष्ट्रहरुले सम्झौता गरेका छन् ।

अक्सफामको स्वास्थ्य नीति ब्यवस्थापक एन्न मेरियटले जुनसुकै राष्ट्रको कुनै पनि ब्यक्तिले आफ्नो खल्तीमा भएको पैसाको भरमा जीवन बचाउने खोप लगाउनबाट बञ्चित हुन नहुने बताउनुभएको छ । तर नाटकीय परिवर्तन नभएसम्म विश्वभरका अर्बौं ब्यक्तिले वर्षौंसम्म खोप लगाउनबाट बञ्चित हुने उहाँले टिप्पणी गर्नुभयो ।

कोभ्याक्सले खोप उत्पादन गर्ने कम्पनीलाई आफ्नो प्रबिधि साझा गर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनको प्रविधि पहुँच उपकरणमार्फत् यस प्रकारको प्रबिधि साझा गर्न सकिने उसको कथन छ ।

Advertisement

आष्ट्राजेनेकाले आफ्नो उत्पादन विकासशील राष्ट्रलाई गैर मुनाफा लिएर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । आष्ट्राजेनेकाको खोप रेफ्रिजेरेटरको तापक्रममा समेत भण्डारण गर्न उपयुक्त देखिएको छ । जसले विश्वभरि सहज रुपमा आपूर्ति गर्न सकिनेछ । र उक्त खोप अन्यको अपेक्षा सस्तो देखिएको छ । तर खोप अभियानले भने कुनै एक कम्पनीले आफ्नै स्रोत साधन र उत्पादनको भरमा विश्वभरि आपूर्ति गर्न नसक्ने तर्क गरेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा इश्वरचन्द्र झाले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top