×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

नर्सरी व्यवसायबाट वार्षिक ७० लाखकाे कमाइ

२५ मंसिर २०७७

म्याग्दी: परिश्रम गर्न सके आफ्नै माटोमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँ । बानियाँले नर्सरी ब्याडबाट फलफुल र जडीबुटीका विरुवा गरी वार्षिक रुपमा ७० लाख बराबरको विरुवा बिक्री गर्नुहुन्छ । उहाँको नर्सरी ब्याडमा सतुवा, टिमुर, लोडसल्ला, रोजमेरी, दाँतेओखर, किबी, चिराइतो लगायत करिब तीन लाख जति बिरुवा छन् ।

विरुवा उत्पादन गर्न व्यवस्थित रुपमा ब्याड बनाउनुभएको छ । बानियाँले प्रशंसा बहुउद्देयीय नर्सरी ब्याड दर्ता गरी व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थाल्नुभएको हो । रोजगारीका क्रममा तीनवर्ष बहराइनमा बिताउनुभएका बानियाँले स्वदेश फर्किएर बुबाको पेशालाई निरन्तरता दिनुभएको हो ।

Advertisement
Advertisement

म सानै हुँदा बुवाले अलिअलि बिरुवा उत्पादन गरेर विक्री गर्ने गर्नुहुन्थ्यो बानियाँले भन्नुभयो ‘विदेशबाट म फर्किएर आएपछि व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न थालेको हुँ ।’ बुवाले गरेको निर्वाहमुखी पेशालाई मैले व्यवसायिक बनाएको बानियाँले बताउनुभयो । नर्सरी ब्याडबाट वर्षेनी ७० देखि ९० लाख रुपैयाँ सम्मका बिरुवा बिक्री गर्ने उहाँ बताउनुहुन्छ ।

म्याग्दी लगायत पर्वत, बागलुङ, कास्की, काभ्रे, वैतडी, रसुवा, इलाम, उदयपुर र लमजुङलगायतका जिल्लाबाट विरुवाको माग आउने गर्दछ ।कोरोना महामारीका कारण लकडाउन भएकाले यो वर्ष सोचे अनुसारको विरुवा बिक्री नभएको उहाँले बताउनुभयो । इलाम र उदयपुरबाट नेपाली सेनाले विरुवाको माग गरेको उहाँले बताउनुभयो ।

यसवर्ष पनि फोनबाट माग धेरै आएको छ, बानियाँले भन्नुभयो, ‘नर्सरीमा अहिले बिरुवा तयार हुँदैछन् । यो वर्ष विभिन्न थरीका गरी करिब तीन लाख विरुवा उत्पादन गर्ने लक्ष्य छ ।’सतुवाको प्रतिगोटा ४७, टिम्मुर ६०, दाँतेओखर १०० र ग्राफटिङ गरेको विरुवा ४०० टिकानोट ३०० र रोजमेरीको ४०० रुपैयाँ प्रतिगोटा पर्ने बानियाँले बताउनुभयो ।

Advertisement

बैतडी जिल्लाबाट टिम्मुर र सतुवाको एकलाख बिरुवाको माग आएको उहाँले बताउनुभयो । त्यहाँको वन डिभिजन कार्यालयले फोन मार्फत मौखिक सम्झौता भएको बानियाँले बताउनुभयो ।बानियाँको नर्सरी व्याडमा यतिखेर ३५ हजार टिम्मुर, दुई लाख सतुवाका विरुवा तयारी अवस्थामा छन् । कोरोना महामारीका कारण माग गरेका विरुवा पनि सप्लाई गर्न नसकिएको उहाँले बताउनुभयो । दाँते ओखरका तीन लाख बिरुवा केही महिनामा तयारी हुने उहाँले बताउनुभयो । नर्सरी व्याडमा काम गर्न सात जना महिलालाई उहाँले रोजगारी दिनुभएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top