प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने

२५ मंसिर ७७, बिहीबार

२५ मंसिर, विराटनगर ।

Advertisement

प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनका लागि सरकारले काम शुरु गरिसकेको बताए । मन्त्रालयमा आज आयोजित अस्पतालको फोहोर व्यवस्थापन संवन्धि कार्यक्रममा उनले निजि अस्पतालको फोहोर व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए।

Advertisement

उनले निजी अस्पतालको फोहोर व्यवस्थापनका लागि पनि अस्पताल सञ्चालकहरुसँग मन्त्रालयले छलफल अघि बढाएको बताए। विराटनगरमा निजी स्तरबाट सञ्चालित साना अस्पतालको फोहोर व्यवस्थापनका लागि त्रिपक्षीय साँझेदारी मोडलबाट काम गर्ने तयारी गरिएको मन्त्री घिमिरेको भनाई छ । उनले भने,‘ प्रदेश सरकार, महानगरपालिका र निजी अस्पतालवीच साँझेदारी हुने छ ।’

विराटनगर बाहिरका निजी अस्पतालहरुको फोहोर व्यवस्थापनबारे पनि छलफल भईरहेको मन्त्री घिमिरेको भनाई छ । फोहोर व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा रहेको मन्त्री घिमिरेले बताए। उनले अस्पतालमात्र नभएर हरेक फोहोरको सफाईमा प्रदेश सरकार लागि परेको बताए।

Advertisement

सरकारी अस्पतालको फोहोर व्यवस्थापनका लागि बजेट समेत विनियोजन भईसकेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताले बताए । उनले चालु आर्थिक बर्षबाट सरकारी अस्पतालहरुमा फोहोर व्यवस्थापनको काम व्यवस्थित हुँदै जाने बताए।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले कोशी अस्पतालमा व्यवस्थित फोहोर व्यवस्थानको काम शुरु भएको बताए। उनले फोहोर जलाउने नभई कमाउने माध्यमका रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा अस्पतालजन्य फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था हिकाफ ३६० ले इनरुवा अस्पताल र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको फोहोर व्यवस्थापन संवन्धिको अध्यययन प्रतिवेदन प्रस्तुत गरेको थियो । हिकाफका कार्यकारी निर्देशक महेश नकर्मीले इनरुवा अस्पतालको फोहोर व्यवस्थापन व्यवस्थित नभएको बताए। कोशी कोभिड अस्पतालले फोहोर व्यवस्थापनको काम व्यवस्थित गरेको पाईएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top