×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा उजूरी

२५ मंसिर २०७७

२५ मंसिर, वासिङटन ।

अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ वटा इलेक्टोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नु हुनेछ । राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् । निर्वाचन परिणामलाई चुनौती दिई गत नोभेम्बरको चुनावपछि राष्ट्रपति ट्रम्पका तर्फबाट दायर दर्जनौं मुद्दाहरु राज्य र स्थानीय तहबाट खारेज भएका थिए ।

अमेरिकामा निर्वाचन परिणाम प्रमाणित गर्ने हरेक राज्यका आआफ्नै तरिका र प्रक्रिया छन् । इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो । यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा बस्दैछ । यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ । आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएका चार वटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिएको अमेरिकी संचार माध्यम सिएनएनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ता केन प्याक्सटनले दिएको निवेदनमा जर्जिया, मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका लाखौं मतपत्र बदर गर्न माग गरिएको छ ।

सर्वोच्चमा दिइएको निवेदनमा राष्ट्रपति ट्रम्पले “हाम्रो मुलुक सन् १८६० को निर्वाचन यता सबैभन्दा गहिरो रुपमा विभाजित भएको छ” भनेका छन् । निवेदनमा भनिएको छ, “विपरीत पक्षहरुबीच अति धेरै अविश्वास व्याप्त छ, र केही राज्यका निर्वाचन अधिकारीहरुले आफूलाई राज्यका निर्वाचन कानुनमार्फत प्राप्त अधिकारको प्रयोग गर्न असफल भएका छन् ।”

टेक्सासका महान्यायाधीवक्ताले तर्क गरेझैं राष्ट्रपति ट्रम्पले चार राज्यले कोरोनाभाइरस महामारीलाई देखाएर चुनावलाई विश्वसनीय बनाउने सबै पक्षलाई बेवास्ता गर्दै आफूखुशी राज्यका कानुनको कार्यान्वयनलाई बेवास्ता वा निलम्बित गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई राज्यका संसद मार्फत पुनः समीक्षा गर्न माग गरेका छन्। उनले बाइडेन निर्वाचित भएका चार राज्यका इलेक्टोरल मत खारेज गरी नयाँ टोली पठाउनुपर्ने जिकिर गरेका छन् ।

राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लीकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ । केही रिपब्लीकन सदस्यहरुले राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ताले सर्वोच्चमा मुद्दा दायर गर्नु अमेरिकी लोकतन्त्रमाथिकै धब्बा रहेको बताएका छन् ।रासस–एपी

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top