महामारीसम्बन्धी आदेश शीघ्र कार्यान्वयन गर्न प्रधानन्यायाधीशको आग्रह

२५ मंसिर ७७, शुक्रबार

२६ मंसिर, काठमाडाैँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महामारीका बेला भएका आदेशको शीघ्र कार्यान्वयन राज्यको अभिभावकीय दायित्व भएकाले त्यसलाई निर्वाह गर्न आग्रह गरेका छन् । नेपाल बार एशोसिएसनले भर्चुअलरुपमा मानव अधिकार दिवसमा अवसरमा बिहीबार आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन, २०७७ को उद्घाटनका अवसरमा उनले आदेशको गहनता, सघनता र अपरिहार्यतालाई महसुस गरी आ–आफ्नो ठाउँबाट जिम्मेवारी बोधका साथ क्रियाशील हुन सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा न्याय क्षेत्रको मेरुदण्डका रूपमा रहेको कानून व्यवसाय तथा न्याय प्रशासनको अभियन्ताका रूपमा रहने कानून व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश राणाले कोभिडको विषम परिस्थितिमा मानव अधिकारको संरक्षण र न्यायमा पहुँचमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

Advertisement

प्रधानन्यायाधीश राणाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानव अधिकारलाई मानव मात्रको प्राकृतिक, नैसर्गिक र अन्तरनीहित अधिकारका रूपमा उद्घोष गर्दै साझा मापदण्ड स्थापित गरेको चर्चा गरे ।

मानव अधिकारको संरक्षण र प्रत्याभूतिका लागि न्यायपालिकाको भूमिका र जिम्मेवारी अत्यन्त महत्वपूर्ण र अपरिहार्य भएको भन्दै उनले महामारी प्रभाव न्याय क्षेत्रमा पनि परेको र छ अदालतले काम कारवाहीमा सङ्कुचनसहितको सेवा प्रवाह गर्दै आएका स्पष्ट पारे ।

Advertisement

नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक अधिवक्ता सुनिलकुमार पोखरेलले देशभरी भएका मानव अधिकार उल्लङ्घनका घटनाको वार्षिकरुपमा समीक्षा गर्न सम्मेलन गर्ने गरेको जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top