×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026

उपत्यकामा विद्यालय: कतै खुले, कतै खुल्ने तयारी

२६ मंसिर २०७७

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।

उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् । ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताउनुभयो ।

Advertisement
Advertisement

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न सकेको छैन । महानगरले विद्यालय कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल जारी राखेको छ ।

विगत केही दिन यता विद्यालयका प्रधानाध्यापकसित यस विषयमा राय सुझाव लिने काम गरिएको छ । विद्यालय पुनः सञ्चालनका विषयमा आवश्यक निर्णय लिन अभिभावक, विद्यालय सञ्चालक, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, निजी विद्यालयका शिक्षक लगायतसँग छलफल गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्ने योजना रहेको महानगरका शिक्षा अधिकृत मोतीराज खनालले जानकारी दिनुभयो ।

निजी र सामुदायिक विद्यालयका सानो कक्षाका विद्यार्थीलाई तत्काल अनलाइनमै पढाउन आफूहरूले अनुरोध गरेको जानकारी गोदावरी नगरपालिकाका शिक्षा प्रमुख तथा उपसचिव देवीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जाडोको समयमा बालबालिकालाई जोखिम बढी हुनसक्ने भएकाले तत्काल विद्यालयमा नबोलाउन भनिएको र यस विषयमा अनुगमनसमेत गरिएको जनाइएको छ । तीन दिनको अवधिमा १५ वटा जति विद्यालयको अनुगमन गरिएको र विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको पाइएको जानकारी उहाँले दिनुभयो । यस विषयमा अभिभावकसँग समेत आवश्यक समन्वय गर्न नगरपालिकाले विद्यालयलाई निर्देशन गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालय पुनः सञ्चालन हुन थालेका छन् । नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विद्यालयले मापदण्ड बनाएर पुनः सञ्चालन गर्ने निर्णय गरेको र यसमा कुनै समस्या नदेखिएको बताउनुभयो । विद्यार्थीलाई आलोपालो बोलाएरसमेत कतिपय विद्यालय सञ्चालन गरिएका छन् । विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका कारण पनि कतिपय विद्यालय विभिन्न चरणमा चलाउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

Advertisement

कीर्तिपुर नगरपालिकाले तयारी पूरा गरेर विद्यालय पुनः सञ्चालन गर्न सक्ने बाटो खोलेको छ । प्रारम्भिक चरणमा कक्षा ८, ९ र १० वा १, २ र ३ गरी विद्यालय सञ्चालनमा ल्याउन सक्ने गरी नगरपालिकाले विद्यालय सञ्चालनको बाटो खुला गरेको हो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top