यूएईमा परीक्षण गरिएको चिनियाँ खोपको प्रभावकारीता ८५ प्रतिशत

२५ मंसिर ७७, शुक्रबार

काठमाडौं : चीनले सरकारी स्तरमा विकास गरेको कोभिड १९ विरुद्धको खोपको प्रभाबकारिता ८६ प्रतिशत रहेको दाबी गरिएको छ । यूनाइटेड अरब एमिरेट्सका स्वास्थ्य मन्त्रालयले बुधबार एक वक्तब्य जारी गरी उक्त दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलको अन्तरिम विश्लेषणमा आधारित रहेर खोपको प्रभाबकारिता किटान गरिएको छ । यूएईमा गत् जुलाइ महिनादेखि चिनियाँ खोपको क्लिनिकल ट्रायल भइरहेको थियो ।

केही जानकारी मात्रै समेटिए पनि चिनियाँ खोप सिनोफार्मको प्रभाबकारिताबारे आएको यो पहिलो विश्लेषण हो । चीनको चाइना नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले उक्त खोप विकास गरेको छ । यूएईले उक्त खोप गत् सेप्टेम्बर महिनामा अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा आपातकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

Advertisement

वक्तब्यमा भनिएको छ, “कुनै गम्भिर प्रकारको सुरक्षाको जोखिम देखिएको छैन् ।” यद्दपी वक्तब्यमा कतिजनाले उक्त खोप लगाएको र खोप लगाएकोमा कुनै अतिरिक्त असर भए नभएको खुलाइएको छैन् । वक्तब्यमा विश्व महामारी विरुद्धको लडाईमा सिनोफार्मको खोप महत्वपूर्ण पाइला भएको उल्लेख गरिएको छ ।

सीएनएनका अनुसार क्लिनिकल ट्रायलमा विश्वका १२५ देशका ३१ ह्जारभन्दा बढी स्वयंसेवक सहभागि थिए । यूएईका स्वास्थ्य अधिकारी जमाल अल काबीले स्वयंसेवक कार्यक्रम अन्तगर्त नै यूएई बाहिर एक लाख ब्यक्तिमा उक्त खोप लगाइएको बताउनुभयो ।

Advertisement

गत नोभेम्बर महिनामा यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेष मोहम्मद बिन राशिल अल मौक्तुमले खोप लगाइरहेको तस्विर सार्वजनिक भएको थियो ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top