×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

कोभिड विरुद्धको खोप ल्याउन गृहकार्य तीव्र

२६ मंसिर २०७७

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार भई त्यसको प्रयोग प्रारम्भ भएपछि नेपालमा पनि छिट्टै खोप आउने आशा पलाएको छ । विश्वका विभिन्न मुलुकमा खोपको प्रयोग सुरु भइसकेको छ भने नेपाल सरकारले यसको खरिदका लागि चासो र तयारी अगाडि बढाएपछि छिट्टै खोप आउने सम्भावना बढेर गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को पहलमा कोभ्याक्स अनुदानको खोप छिटो आउने बाटो कुरिरहेको नेपाल सरकारले अन्य बाटोबाट खोप भिœयाउने प्रक्रियासमेत अगाडि बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार विभिन्न मुलुकले बनाएका खोप खरिद गरेर ल्याउन प्रक्रिया अगाडि बढाइएको छ । साथै खोप ऐन र नियमावलीका आधारमा खोप कोष सञ्चालन गरेर खोप छिटो ल्याउन सरकारले पहल थालेको छ ।

Advertisement

स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा खोपको सचिवालय गठन गरिएको छ । साथै आठवटा कार्यक्षेत्र अनुसार समिति गठन गरेर खोप ल्याउन र त्यसपछिका कामका लागि आवश्यक पूर्वतयारी गरिरहेको छ । विश्वका विभिन्न कम्पनीले उत्पादन गरेका खोपहरूले अहिले धमाधम व्यावसायिक उत्पादनका लागि स्वीकृति पाइरहेका छन् । उनीहरूले व्यावसायिक उत्पादन बजारमा ल्याउनुअघि चाल्नुपर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । “छिटो खोप भिœयाउने गरी उच्च स्तरमा काम भइरहेको छ । हिजोआज हाम्रो सबै दैनिकी खोपकै लागि खर्च भइरहेको छ”, डा. अधिकारीले भन्नुभयो ।

विश्वव्यापी खोपको दौडमा प्रथम भएको फाइजर कम्पनीको खोप बेलायतमा प्रयोगको थालनी भइसकेको छ । त्यसपछि दोस्रो छिटो बजारमा आउन लागेको मोडेर्नाको खोप, तेस्रोमा अक्सफोर्ड युनिभर्सिटीको खोप, चौथोमा रुसको स्पुतनिक भी खोप, पाँचाँैमा चीनको सिनोभ्याक्स रहेको छ । त्यसपछि युरोपका विभिन्न मुलुक र जापानले उत्पादन गरेर अन्तिम चरणमा पुगेका खोपहरू पनि व्यावसायिक उत्पादनको लाइनमा छन् ।

फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने भएकाले भण्डारणका हिसाबले नेपाल ल्याउन त्यति सहज छैन । “त्यो पनि खरिद गरेर पाउने भयौँ भने सीमित मात्रामा ल्याएर कुनै उच्चस्तरीय सेवा भएको अस्पतालमा राखेर स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा रहेकालाई दिने सोचमा छौँ”, डा. अधिकारीले भन्नुभयो ।

जुनसुकै खोप पहिले भित्रिए पनि स्वास्थ्यकर्मी पहिलो चेन ब्रेकर भएकाले पनि त्यो रोक्न उनीहरूलाई पहिलो खोप दिने योजना सरकारले बनाएको हो । त्यसपछि सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत जोखिममा रहेका उमेर समूह र रोग लागेका व्यक्तिहरू खोपको प्राथमिकतामा छन् । हालसम्म कोभिड सङ्क्रमणका कारण ज्यान गएकामा अन्य रोग लागेका बढी रहेकाले पनि त्यो प्राथमिकता निर्धारण गरिएको हो ।

सरकारको प्राथमिकता अनुसार गुणस्तर, सर्वसुलभ र प्राविधिक हिसाबले धान्न सक्ने खोप ल्याउने र खोप अभियान अगाडि बढाउने भन्ने विषयलाई नै प्राथमिकतामा राखिएको छ । सोही अनुकूल दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा राख्न सकिने खोपकै लागि सरकारी तहबाट जोड दिइएको छ ।

मोडेर्नाको खोप माइनस २० डिग्री तापक्रममा राख्नुपर्नेछ । अक्सफोर्ड युनिभर्सिटीको खोप भने नेपाल मात्र हैन विश्वकै लागि सबैभन्दा अनुकूल हुने विश्वास गरिएको डा. अधिकारी बताउनुहुन्छ । सो कम्पनीको खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । जति धेरै कम तापक्रममा खोप भण्डारण गर्नुपर्ने हुन्छ, त्यति धेरै त्यो असहज हुने उहाँको भनाइ छ ।

जनशक्ति, प्रविधि र होशियारी धेरै अपनाउनुपर्ने हुँदा अत्यधिक खर्च हुन्छ । त्यति मात्र होइन, तापक्रम थोरै यताउता भयो भने धेरै खोप लगाउन नपाउँदै खेर जाने अवस्था आउन सक्छ । रुसको स्पुतनिक भी खोप, चीनको सिनोभ्याक्स पनि त्यति धेरै सहज नेपालका लागि नहुन सक्छ । अबको करिब दुई महिनापछि नेपालमा खोप ल्याउने सम्भावना रहे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्रिया पूरा गर्दा तीन महिना सम्मको समय खोप ल्याउन लाग्ने अनुमान डा. अधिकारी गर्नुहुन्छ ।

Advertisement

यसरी भइरहेको छ काम
खोप भिœयाउन मुख्य रूपमा खोप सचिवालयले आफ्नो काम अगाडि बढाएको छ । खोप ल्याएपछि गर्ने प्राथमिकताका आधारमा गठन भएको आठवटा समिति छन् । सबै समितिले धमाधम काम गरिरहेका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक कार्य समितिले खोपका लागि आवश्यक प्राविधिक विषय मिलाउन काम गरिरहेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top