२६ मंसिर, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने २ लाख ३२ हजार ८ सय ७२ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले ५१९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म १८ लाख २० हजार ६१८ जनाको पीसीआर परीक्षण गराएको छ ।