चार घण्टा हिँडेर विद्यालय जानुपर्ने समस्याको अन्त्य

२६ मंसिर ७७, शनिबार

२६ मंसिर,म्याग्दी ।

म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवन थापा कक्षा ८ मा पढछन् । उनलाई विद्यालयसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन विद्यालय आउजाउ गर्न उनलाई चार घण्टा लाग्छ । जान दुई घण्टा । फर्कन दुई घण्टा ।

बिहान ८ बजे नै पाकेको गाँस टिपेर हिड्छन्, भुवन थापा । विद्यालय पुग्दा थकान र भोक पीडित भएका उनले घर फर्किदा रात परिसकेको हुन्छ । किताव खोल्न नपाई निदाउँछन् ।

थापा त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाकै विकटमध्येको एक धौलागिरि गाउँपालिका–७ बगरका बालबालिका गाउँमा विद्यालय नभएपछि दैनिक चार घण्टा हिडेर धारापानीको किसानी माध्यमिक विद्यालय जान बाध्य छन् ।

थापा अहिले धौलागिरि गाउँपालिकाले शिवाङको हेम माविमा सञ्चालन गरेको नमूना आवासीय माविको छात्रावासमा बस्न थालेका छन् । छात्रावासमा बस्न थालेपछि एक मिनेटमै कक्षा कोठामा पुग्न पाउँदा उनी दङ्ग छन् ।

आवासीय विद्यालय सञ्चालन भएपछि थापाजस्तै विकट क्षेत्रका विपन्न बालबालिकालाई आधारभूतस्तरको शिक्षा हासिल गर्न सहज भएको छ ।

सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक तीन÷चार घण्टा दुःख कष्टका साथ भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर जङ्गली जनावरलाई छलेर स्कूल जानुपर्ने समस्या हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्ने क्रम घटेको छ ।

हाल कक्षा १ देखि १० सम्म अध्ययन गर्ने २२ जना बालबालिकाले आवासीय सुविधा पाएका छन् । पालिकाभर आवासीय विद्यालयमा राख्नुपर्ने ७६ जना विद्यार्थी पहिचान भएका छन् । उनीहरु सबैलाई आवासीयमा भर्ना गर्ने तयारी छ ।–सन्तोष गौतम/रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top