शीतलहरबाट जोगाउन तराइमा विशेष अध्ययन हुने

२६ मंसिर ७७, शनिबार

२६ मंसिर, काठमाडौं ।

शीतलहरका कारण तराई क्षेत्र वर्षेनी प्रभावित हुने गरेकाले सरकारले यसवर्ष त्यसक्षेत्रलाई प्राथमिकतामा राखेर विशेष सतर्कता अपनाउन थालेको छ । चिसोका कारण र चिसोबाट बच्न आगो बाल्दा जलेर तथा निसासिएर ज्यान गएका घटना बेलाबेलामा हुँदै आएकाले मानवीय क्षति कम गर्न विशेष प्राथमिकता दिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसका लागि प्राधिकरणले तराई क्षेत्रमै पुगेर अवस्थाको अध्ययन गर्ने भएको छ । विपद्बाट हुने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमअन्तर्गत जाडो शुरु हुनुअघि नै स्थलगत अध्ययन र अन्तरक्रियामार्फत सुझाव लिन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार शनिबार नै टोली त्यसतर्फ जानेछ ।

Advertisement

“प्रदेश २ मा पुगेर सरोकारवालाबीच अन्तरक्रिया गर्ने, अवस्था बुझ्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफल गरी समस्याको बारेमा जानकारी लिन्छौँ र सम्भावित जोखिमबाट क्षति कम गर्न उपाए खोज्छौँ” उनले भने, “यसले आगामी दिनमा योजना निर्माणका लागि ठूलो सहयोग हुने अपेक्षा छ ।” अवस्था बुझेपछि सो क्षेत्रमा थम सामग्री चाहिने अवस्था देखिए उपलब्ध गराइने छ ।

मौसमविद् तथा वैज्ञानिकले यसवर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको छ । तर पनि तराई क्षेत्र भने सधैँ नै प्रभावित हुने ठाउँ हो । विशेष गरी प्रदेश नं २ यसबाट नराम्ररी प्रभावित हुने भएकाले सो क्षेत्रमा पुगेर अवस्था बुझने र आवश्यक पूर्व तयारीका काम गर्न लागिएको हो । जाडोबाट विशेष गरी तराई र हिमाली क्षेत्र बढी प्रभावित हुन्छ ।

Advertisement

मौसमी विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढीसकेको जनाएको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौमत चिसोबाट कसरी मानवीय क्षति कम गर्न सकिन्छ भनेर विशेष योजनाका साथ काम थालिएको बताउँछन् । जिल्लामा पत्राचार गरेर आवश्यक तयारीमा जुट्न र क्षति कम गर्ने कार्ययोजनासहित पेश गर्न भनिएको छ ।

उनका अनुसार आवश्यक सावधानी र कार्यक्रम लागू गर्दा गत वर्ष भने मानवीय क्षति रोक्न सफल भएको गृहमन्त्रालयको भनाइ छ । चिकित्सकले जाडो मौसममा बालबालिका र वृद्धवृद्धा बढी जोखिम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने जनाएको छ । रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top