२८ मंसिर, विराटनगर । पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजै १५ सय जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ९ संक्रमितको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।