उखु किसानहरुको आन्दोलनमा राष्ट्रिय जनमोर्चाको एक्यबद्धता

२९ मंसिर ७७, सोमबार
Share this
732shares

२९ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले चिनी मिलहरूले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेको आरोप लगाएको छ ।

Advertisement

जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन गरेको उखुको उचित मूल्य निर्धारण गर्न, बिक्री गरिएकाको तत्काल भुक्तानी गर्न र किसानलाई आवश्यक सहयोग गर्न माग गर्दछौं ।’

उखु किसानले आइतबारदेखि काठमाडौंमा सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको एक्यबद्धता रहेको पौडेलले उल्लेख गरेकी छन् ।

Advertisement

उखु बिक्री गरेको रकम ९० करोड रुपैयाँ भन्दा बढी भुक्तानी नपाएपछि विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । गत वर्ष यस्तो आन्दोलनपछि सरकारले भुक्तानी दिलाइदिन समन्वय गर्ने सम्झौता भए पनि अहिलेसम्म भुक्तानी नपाएपछि किसानहरु फेरि आन्दोलन गर्न आएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top