२९ मंसिर, काठमाडौं । चिनी मिलले बक्यौता रकम नदिएको भन्दै उखु किसानहरुले काठमाडौंमा आन्दोलन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तातेको छ ।
मन्त्रालयले सोमबार उद्योगीसँग छलफल गर्दै छिटो भुक्तानी दिन ताकेता गरेको छ । किसानहरुले आन्दोलन सुरु गरेको दोस्रो दिन मन्त्रालयले उद्योगी र किसानलाई छलफलमा बोलाए पनि किसान आउन नमानेको उद्योग मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले बताए । ६ वटा चिनी उद्योगले किसानको ९० करोड रुपैयाँ भुक्तानी गरेका छैनन् । उद्योगमन्त्री लेखराज भट्टले भुक्तानीको विवरण माग गरेका छन् । हालै भुक्तानी गरेको र भुक्तानी गर्न मान गरिएको विवरण लिएर मंगलबार फेरि बैठक बस्ने त यारी भएको मन्त्रालयले जनाएको छ । किसानहरुले धेरैपटक आश्वासन भएको भन्दै अब भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।