२ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
आजै ९ सय ४७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ६ संक्रमितको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ५१ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ४० हजार ३६३ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ९ हजार ५ सय ८० सक्रिय संक्रमित छन् ।