२ पुष, काठमाडौं । प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जना संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा २७३, काभ्रेमा ७, चितवनमा १४, दोलखामा १, धादिङमा ६, नुवाकोटमा १०, भक्तपुरमा ४१, मकवानपुरमा २, रसुवामा १०, ललितपुरमा ४९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेशको कास्कीमा ४५, गोरखामा ४, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ७, पाल्पामा ७, प्यूठानमा २, बर्दियामा ७, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा २५ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २, सल्यानमा ३ र सुर्खेतमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ३५, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ९ र बैतडीमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।