१ पुष, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिएका छन् भने २२३ जना निको भएका छन् ।
निको हुनेहरुमा होमआइसोलेसनमा रहेका १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनमा रहेका १२–१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजमा रहेका २–२ जना छन् । प्रदेश १ मा हालसम्म निको हुनेको संख्या २४ हजार २४६ पुगेको छ । प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा विराटनगरमा १५, जहदामा २, बूढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहबी र स्थानीय तह नखुलेका १–१, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जना छन् । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।