उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर

३ पौष, काठमाडौं । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन ।

विभिन्न चार वटा चिनी मिलका सञ्चालकले उखु लगेबापत किसानलाई करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी छ । जसअनुसार लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख, अन्नपूर्ण सुगर मिलले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख र श्री राम सुगर मिलले सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

Advertisement

श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ पुर्जी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले किसानबाट उखु लगेर रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सर्कुलर भएको तर बिहीबार रातिसम्म कोही पनि पक्राउ नपरेको र खोजतलास जारी रहेको बताए ।

‘प्रहरीले बुधबारदेखि नै खोजी गरिरहेको छ तर अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्, खोजतलास जारी छ,’ प्रहरी प्रवक्ता कुँवरले राजधानीसँग भने ।

उनका अनुसार श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालक गरी ६ जनालाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी पाएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top