×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

सूर्तिको बोटबाट कोरोना खोप बनाउन ब्रिटिस अमेरिकन कम्पनीलाई अनुमति

३ पौष, काठमाडौं । सूर्तिको बोट (टोबाको प्लान्ट्स)बाट कोरोना भाइरसविरूद्ध खोप बनाउन ब्रिटिस अमेरिकन टोबाको कम्पनी अघि सरेको छ। चुरोट बनाउन प्रयोग हुने सूर्तिबाट उसले बनाएको खोप मानिसमा परीक्षण गर्न पनि अमेरिकाले अनुमति दिइसकेको छ।

अन्तर्राष्ट्रिय स्तरमा भने उसले उत्पादन गर्ने ’लक्की स्ट्राइक’, ’रोथमान्स’ र ’बेन्सन एन्ड हेजेज’ चुरोट प्रसिद्ध छन्।

यो कम्पनीद्वारा उत्पादित खोप अमेरिकाको सरकारी निकाय खाद्य तथा औषधि विभाग (एफडिए)ले वयस्कहरू मार्फत् क्लिनिकल परीक्षण गर्न अनुमति दिएको हो।

विश्वकै एकसेएक औषधि उत्पादक फर्मास्युटिकल कम्पनीले हानाथाप गरिरहेको यो मैदानमा ब्रिटिस अमेरिकन टोबाको कम्पनी फरक तवरले उभिएको छ। अन्य औषधि उत्पादकले महिनौं लगाएर पुरानो तवरले खोप तयार पार्ने गरेको भन्दा बेग्लै आफूले छ सातामै तयार पारेर देखाइदिने कम्पनीले जानकारी पनि दिएको छ।

चुरोटका निम्ति उत्पादन हुने सूर्तिमा खोपका लागि आवश्यक पर्ने तत्वहरू असाध्यै छिट्टै तयार हुने भएकाले आफूहरूले चाँडै खोप बनाउन सक्ने दाबी कम्पनीको छ।

अर्को रोचक के छ भने, ब्रिटिस अमेरिकन टोबाको कम्पनीले आफूले उत्पादन गरेको खोप सामान्य तापक्रमको कोठामै सञ्चित गरेर राख्न सकिने दाबी गरिरहेको छ। जबकि अघिल्ला प्रमाणित खोपका निम्ति अत्यन्तै कम तापक्रम चाहिने अवस्था थियो।

अझ बेलायतमै यतिबेला प्रचलित फाइजर र बायो एन टेकले उत्पादन गरेको खोप त माइनस ७० डिग्री तापक्रममै जोगाएर राख्नुपर्ने किसिमको छ।

यो खोप ब्रिटिस अमेरिकन टोबाको कम्पनीको बायो टेक्नोलोजी डिभिजनले तयार पारेको हो। यो डिभिजन केन्टकी राज्यको ओनेसबोरो स्थित केन्टकी बायो प्रोसेसिङ मातहत छ। यसले योभन्दा पहिले पनि इबोला भाइरसको उपचारका क्षेत्रमा काम गरेको थियो भने मौसमी रुघा खोकीको खोप पनि बनाउँदै आइरहेको छ।

कम्पनीका अनुसार केन्टकी बायो प्रोसेसिङले सबभन्दा पहिले कोरोना भाइरसको ’जेनेटिक सिक्वेन्स’ मात्रालाई ’क्लोनिङ’ गरेको थियो। त्यसैबाट ’एन्टिजेन’ विकास गरियो। अनि त्यसलाई प्रजननका निम्ति सूर्तिका बोटमा हालियो।

चुरोटका निम्ति उत्पादन हुने सूर्तिको खेती अब ’बायो म्यानुफ्याक्चरिङ फ्याक्ट्री’ (खोप उत्पादन गर्ने कारखाना) मा रूपान्तरण हुन पुगेको केन्टकी बायो प्रोसेसिङले बताएको छ। सूर्तिको यो प्रक्रियाबाट उत्पादन गर्न सकिने प्रोटिन अरू विधिबाट सम्भव नहुने दाबी पनि उसको छ।

कम्पनीका अनुसार यसबाट छ साताभित्रै तीन मिटर अग्लो बोटको खेती र उत्पादन सम्भव छ। यसको अर्थ, परम्परागत विधिभन्दा यस किसिमको प्रोटिन उत्पादन यस तरिकाबाटै चाँडो हुनेछ। परम्परागत विधिबाट त यस्तो प्रोटिन उत्पादन हुन महिनौं लाग्ने केन्टकी बायो प्रोसेसिङ बताउँछ।

यो बायो प्रोसेसिङ कम्पनीलाई ब्रिटिस अमेरिकन टोबाको कम्पनीले सन् २०१४ मा किनेको हो। आफूहरूले चुरोटका निम्ति उत्पादित सूर्तिलाई पनि अनुवांशिक विधिबाटै अस्थायी रूपमा इनकोड गरेर खोजेजस्तै प्रोटिन तयार पारिदिनसक्ने दाबी उसको छ।

’हामीले उत्पादन गरेका कोरोना र मौसमी रुघाखोकीको खोप पनि मानवमा परीक्षण गर्ने अनुमति मिल्नुले कम्पनीका निम्ति एउटा कोशेढुंगा खडा गरेको छ,’ ब्रिटिस अमेरिकन टोबाकोका वैज्ञानिक अनुसन्धान निर्देशक डा. डेभिड ओ रेली भन्छन्, ’यसले हामीलाई जीव विज्ञानका क्षेत्रमा थप अनुसन्धान र विकासमा अघि बढ्न प्रोत्साहित गरेको छ।’

ओ रेलीका अनुसार वनस्पतिमा आधारित यो आफैंमा नौलो खोप प्रविधि हो जुन थुप्रै रोगविरूद्ध तीव्र गतिमा ’एन्टिजेन’ तयार पार्न अत्यन्तै प्रभावकारी हुनेछ।

’संसारभर सुरक्षित र प्रभावकारी उपचारका निम्ति खोपको खोजी तीव्र भएको छ,’ उनी भन्छन्, ’यो नयाँ खोजीले हामीलाई पनि त्यसमा योगदान दिन बाटो तयार पारिदिएको छ।’

ब्रिटिस अमेरिकन टोबाकोले उत्पादन गर्ने खोप कतिपय मामलामा अहिले अमेरिका र बेलायतमा लगाउन सुरू गरिसकेका ठूला कम्पनीको उत्पादनभन्दा अलिपछाडि भने छ। विशेषगरी फाइजरजस्तो कम्पनीको उत्पादनभन्दा यो पछाडि नै छ भने एस्ट्राजेनेका र मोडेर्नाभन्दा चाहिँ धेरै पछाडि छैन।

तर, जुन प्रकार यो विधिबाट कम समयमै ठूलो मात्रामा भरपर्दो खोप उत्पादन गर्न सक्ने र सामान्य कोठाको तापक्रममै राख्न सकिने भनेर दाबी गरिएको छ, त्यो हेर्दा यसले विश्वभरको जनसंख्यालाई सकेसम्म छिटो खोप उपलब्ध गराउन भने मद्दतै गर्ने देखिन्छ।

(रोब डेभिसले द गार्डियनका लागि लेखेको स्टोरीको भावानुवाद)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top