×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

अमेरिकाको ऊर्जा विभागमाथि हालसम्मको सबैभन्दा ठूलो साईबर हमला

४ पौष, काठमाडौं । अमेरिकाको ऊर्जा विभागले आफूमाथि हालसम्मको सबैभन्दा ठूलो ऊर्जा हमला भएको जानकारी दिएको छ ।

यो विभाग अमेरिकाको परमाणु हतियारको रेखदेखका लागि जिम्मेवार छ । यद्यपि, विभागले हतियारको भण्डारको सुरक्षामा यो ह्याकिङको कुनै पनि प्रभाव नपरेको स्पष्ट जानकारी दिएको छ ।

Advertisement

टेक कम्पनी माइक्रोसफ्टले पनि बिहिबार आफ्नो सिस्टममा एक खतरनाक सफ्टवेयर पाइएको जानकारी दिएको छ ।

यो साइबर हमला रुसले गरेको हो कि भन्ने आशंका गरिएको छ । तर रुसले स्पष्ट रुपमा अस्विकार गरेको छ ।

गत आइतबार अमेरिकाको ट्रेजरी एण्ड कमर्स डिपार्टमेन्टमा साइबर हमलाको जानकारी सार्वजनिक भएको थियो । अधिकारीका अनुसार लगभग एक महिनादेखि यो साइबर हमला जारी भइरहेको थियो जसबारे आइतबार पत्ता लाग्न सकेको थियो ।

यो साइबर हमलामा अहिलेसम्म राष्ट्रपति ट्रम्पको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

यस्तै, नव निर्वाचित राष्ट्रपति जो बाइडेनले साइबर सुरक्षालाई आफ्नो प्रशासनको सबैभन्दा ठूलो प्राथमिकता बताएका छन् ।

बाइडेनले भने, ‘सबैभन्दा पहिले हामीले आफ्नो विरोधीलाई साइबर हमलाबाट रोक्नुपर्नेछ । हामी यस्तै गर्नेछौं र यो हाम्रो प्राथमिकता हुनेछ । यस्तो प्रकारको हमला गर्नेहरुले भारी मूल्य चुकाउनु पर्नेछ र यसका लागि हामी आफ्ना सहयोगी र साथी देशसँग साँठगाँठ गरेर पनि लागू गर्नेछौं ।’

अमेरिकाको सबैभन्दा ठूलो साइबर एजेन्सी साइबर सेक्युरिटी इन्फ्रास्ट्रक्चर एजेन्सी (सीसा)ले बिहिबार यो साइबर हमलासँग जुध्न निकै जटिल र चुनौतीपूर्ण हुने बताएका छन् ।

सीसाका अनुसार यो हमलाले महत्वपूर्ण आधारभूत ढाँचा क्षतिग्रस्त भएको थियो । फेडरल एजेन्सी र नीजि क्षेत्रका कम्पनीको सुरक्षामा क्षती पुगेको छ र यस्तो क्षतीले गम्भीर खतरा निम्त्याउने गर्छ ।

सीसाका अनुसार यो ह्याकिङ मार्च २०२० देखि नै सुरु भएको थियो र यसको पछाडि जति मानिसहरुले छन् उनीहरुले धैर्य, परिचालन सुरक्षा र जटिल ट्रेडक्राफ्टसहित यसलाई निष्कर्षमा पुर्याएका छन् ।

एजेन्सीले अहिलेसम्म यो हमलामा कस्ता सूचना चोरियो भन्ने जानकारी पत्ता लगाउन सकेको छैन ।

ऊर्जा विभागमा हमलालाई सम्बोधित गर्दै प्रवक्ता शायलिन हाइन्सले म्यालवेयरले बिजनेस नेटवर्कलाई मात्र क्षती पुर्याएको बताएका छन् ।

उनका अनुसार परमाणु हतियारको सुरक्षाका लागि जिम्मेवार नेशनल न्यूक्लियर सिक्योरिटी एडमिनिस्ट्रेशन अथाएत् एनएनएसएको सुरक्षा अपरेशनमा कुनै क्षती पुगेको छैन । –बीबीसी

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top