४ पुस, विराटनगर ।
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्।
योसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । यस्तै थप १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट आजसम्म ज्यान गुमाउनेको संख्या १ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।