९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
आजै ७ सय ३९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ५ संक्रमितको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ४७ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् भने १८ सय ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार ३ सय ८४ सक्रिय संक्रमित छन् ।