१० पुष, काठमाडौं । कोरोना भाइरस जाँचको दर नेपालमा घटाइदै लगिएको छ ।
शुक्रबार जम्मा ४ हजार १४२ जनामा पीसीआर परीक्षण गरिएकोमा ६०८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।