मन्त्री बन्न रातारात कित्ताकाट ! (भिडियो सहित)

११ पुष, काठमाडौं । नेपालका नेताहरु पदका लागि जनताका भावना मात्र होइन आफ्नै सिद्धान्त र विचारसमेत त्याग्न पछि पर्दैैनन् भन्ने भनाइ अहिले चरितार्थ बनेको छ ।

अघिल्लो दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचना गर्ने नेता अर्को दिन ओली नेतृत्वको सरकारकै मन्त्री बनेपछि नेपाली राजनीति र नेताको कुरुप प्रवृत्ति उदांगो भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई अघिल्लो दिनसम्म आत्मघाती भनि आलोचना गर्ने प्रभू साह ओली सरकार कै मन्त्री बनेका छन् । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै आलोचना गर्नेमध्येका एक उनि पनि थिए तर उनको धारणालाई परिवर्तन गर्न सहरी विकास मन्त्री पद नै काफी भयो भन्ने उनिमाथि प्रश्न उठेको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– प्रतिनिधिसभा विघटनको निर्णय आत्मघाती, नेपाली जनताले नेकपालाई लगभग दुई – तिहाईको ऐतिहासिक स्पष्ट बहुमत मार्फत देशमा स्थायित्व, सुशासन र तिव्र बिकास सहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संबिधानमा रहेको त्रुटीहरूलाई सच्याउदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलनका लागी समेत एउटा नमुना (मोडल) प्रस्तुत गर्ने सुअवसर प्रदान गरेको अवस्थामा पार्टी नेतृत्वको बिच आपसी सहमतिमा अगाडी बढ्नुको सट्टा नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो । सामाजिक सञ्जालमा त लेखे नै त्यसमाथि प्रचण्ड–माधव नेपाल समूहको भेलामा समेत सहभागी भए । प्रचण्ड निकटस्थ मानिने प्रभू साह रातारात कित्ताकाट गरि ओली समूहमा प्रवेश मात्र गरेनन्, मन्त्री पद समेत पाए । यसको अथ मन्त्री पदसँग उनले कित्ता साटेका छन । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई आत्मघाती भन्ने प्रभु साहलाई ओली के कारणले प्यारो भए ? सामाजिक सञ्जालमा उनले केहिदिन मै विचार परिवर्तन गरेकोमा नागरिकले असन्तुष्टि जनाएका छन् । कतिपयले लेखेका छन्– आज मन्त्री पद लिन अलिकती पनि लाज लगेन कमरेड ??? तपाइको नियत आज प्रमाणित भयो कि पद र कुर्ची नै सबै भन्दा बलियो रहेछ । नैतिकता बेचेर मन्त्रिको जागिर खान किन जानुभाको माननीय ज्यु ??? प्रभू साह, प्रचण्ड–माधव समूहको नेकपामा माधव नेपाललाई अध्यक्ष बनाइएपछि असन्तुष्ट भएको बुझिएको छ । पुस ७ गते प्रचण्ड–माधव नेपाल पक्षले केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्षको चयन गरेपछि केन्द्रीय समिति बैठकमै उनले दुई अध्यक्षात्मक व्यवस्था आफूलाई अमान्य हुने भन्दै विरोध गरे । तर, वैठकबाट निर्णय पारित भइसकेको विषयमा पुनः छलफल हुन नसक्ने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको माग अस्वीकार गरे । माधव नेपालको गृहजिल्ला रौतहट हो । साह पनि रौतहट जिल्लाकै हुन् । उनीहरु दुवैबीच लामो समययता टकराव रहँदै आएको थियो । नेकपा फुटका समयमा समेत केन्द्रीय समिति वैठकमा आफुले उठाएको विषय माथि छलफल नै नभइ असन्तुष्ट बनेका उनले अन्ततः कित्ता परिवर्तन गरे ।

प्रभू साह मात्र होइन प्रचण्ड–माधव समूह छाडेर जाने पाँच जना पूर्वमाओवादीलाई मन्त्री पद मिलेको छ । प्रचण्डको साथ छाडेका प्रमुख नेताहरूलाई ओलीले मन्त्रिपरिषद्मा सामेल गरेका हुन । यस्तै यसअघि देखिै पूर्व माओवादी रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा मन्त्रिपरिषद मै छन् । शुक्रबार थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन । प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास, गौरीशंकर चौधरीलाई श्रम, रोजगार र दावा लामा तामाङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन । मन्त्री पद पाउने गौरीशंकर चौधरी केहिदिनअघि सम्म प्रचण्ड–माधव समूहमै थिए । उनि प्रचण्ड निकट मानिन्थे । नेता चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै चर्काे आलोचना पनि गरे । तर एकाएक उनि ओली समूहमा प्रवेश गरी मन्त्री बने । यस्तै शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्मा मन्त्री बनेकी जुलीकुमारी महतोका श्रीमान् रघुवीर महासेठ प्रचण्ड–माधव समूहको वैठकमा सहभागि भएका थिए । पछि महतो र महासेठ ओलीकै समूहमा बसे । पूर्व भौतिक पूर्वाधारमन्त्री महासेठकी श्रीमती महतोले अहिले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाएकी छिन् ।

हुन त, सशस्त्र विद्रोहका नेतृत्वकर्ता मध्येका एक रामबहादुर थापाले पनि प्रचण्डको साथ छोडेका छन् । प्रचण्ड पक्षीय नेताहरु थापाले सधैँ प्रचण्डलाई निर्णायक मौकामा धोका दिएको टिप्पणी गर्छन् । थापाको यसअघि देखि नै ओलीतिर झुकाव रहेको देखिने गरेकोमा अहिलेपनि उनि ओली समूहमै लागेका छन् । नेकपा विभाजन नै पदीय भागबण्डा नमिल्दाको परिणाम भनि टिप्पणी भइरहेको अवस्थामा नेतृत्वको सिको गर्दै नेताहरुले रातारात विचार परिवर्तन गर्दै पद मोह देखाउँदा नेताहरु जनताका लागि राजनीति गरिरहेका हुन् भन्नेमा शंका उत्पन्न भएको छ ।

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top