१२ पुस, एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेड (दशकको उत्कृष्ट) अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले जितेका छन् ।
आइसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गने अवार्ड घोषणा गरेको थियो । यस अवार्डमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मनोनयनमा परेपनि अर्वाड भने जित्न सकेनन् ।
आइसीसी एसोसिएट प्लेयर अफ द डिकेट अवार्डमा कोट्जरसँगै नेपालका पारस खड्का, कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचिमा परेका थिए । आइतबार आइसीसीले कोट्जरले जितेको घोषणा गरेको थियो ।
पारसले पछिल्लो एक दशकमा नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यतासँगै टि२० विश्वकमा पुर्याउन सर्वोत्कृष्ट प्रर्दशन र कप्तानी गरेका थिए । पछिल्लो एक दशकमा एसोसियट टोलीमा पारसले उत्कृष्ट प्रर्दशन गर्दै आएका थिए ।
यता अवार्ड जितेका कोट्जले पछिल्लो एक दशकमा स्कटल्यान्डबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनकै कप्तानीमा सन् २०१८ मा स्कटल्यान्डले इंग्ल्यान्डलाई हराएको थियो । उनले दुई वर्षअघि ईपिएलमा पोखरा राइनोजबाट खेलेका थिए ।