दाहाल–नेपाल नेकपा फुटाउने नाइके हुन्ः महेश बस्नेत

१३ पुस ७७, सोमबार

१३ पुस, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपा फुटाउने नाइके रहेको आरोप लगाएका छन्।

Advertisement

प्रतिनिधिसभा विघटनबारे कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै बस्नेतले प्रचण्ड र नेपालले पार्टी छाडेर गएर आफूहरुलाई हाइसन्चो भएको बताएका छन्। प्रचण्डले एमालेका लोभीपापीलाई समेटेर लगेको भन्दै बस्नेतले अब उनीहरुलाई कानूनी शासनले सच्याउने बताए।

बस्नेतले प्रचण्ड र नेपालसँग बहुमत नभएको भन्दै सक्ने भए उनीहरुले संसदीय दलमा नै अविश्वासको प्रस्ताव ल्याउन सक्ने दाबी गरे। जनतालाई भ्रममा नपार्नुस, उनीहरुसँग बहुमत भएको भए संसदमा होइन संसदीय दलमा अविश्वासको प्रस्‍ताव ल्याउँथे, उनले भने।

Advertisement

बस्नेतले केपी ओलीका कारण गएको निर्वाचनमा जितेको होइन भन्नेहरुलाई सरकारले वैशाखमा घोषणा गरेको निर्वाचन लडेर आफ्नो लोकप्रियता पुष्टि गर्न चुनौति दिए। नेकपा हाम्रो हो। कार्यालय नि हाम्रो हो।

केपी ओलीको सूर्य चिह्न लिएर नहिँड्नुस्। निर्वाचनमा आएर पपुल्यारिटी देखाउनुस्, उनले भने। बस्नेतले प्रचण्डलाई भित्ते राष्ट्रपतिको संज्ञा दिए। पहिलादेखि नै प्रचण्ड राष्ट्रपति बन्ने मनशायका साथ अघि बढेको भन्दै उनले भित्ता भित्तामा प्रचण्डलाई राष्ट्रपतिका रुपमा प्रस्तुत गरिएको बताए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top