×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

शान्ति स्तूप खुलाः आन्तरिक पर्यटक बढ्ने विश्वास

१४ पुष २०७७

१४ पुस, पोखरा ।

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो ।

स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने, “कोभिड– १९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सकर्ततासहित विधिवत पूजा गरेर खुला गरेका हौँ”, उनले जापानको निप्पोजान मेहोजिल जापानी परम्पराअनुसार जापानी भिक्षुहरुबाट, ठेरवादी परम्पराअनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरुबाट पूजा सम्पन्न गरिएको जानकारी दिए ।

उनका अनुसार स्तुपा दर्शनार्थीको सुस्वास्थ निरोगिता र मंगलको कामना गरेर पूजा गरिएको हो । स्तूपा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहने छ भने स्तूपामा आउने पर्यटकले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ । पोखरा महानगरपालिका–२२ स्थित अनदुडाँडामा रहेको सो स्तूपा पोखरादेखि करीब पाँच किलोमिटर दूरीमा रहेको छ भने करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थलको रुपमा मानिने स्तुपा २०३० सालमा ३५ फिटसम्म निर्माण गरिए पनि पञ्चायतकालमा भत्काएर पुनः प्रजातन्त्रको पुनवर्हाली भएपछि निर्माण अनुमति पाएको थियो । पञ्चायत सरकारले भिक्षु र जग्गादातालाई जेल हालेको थियो । सो जग्गा तत्कालीन रक्षामन्त्री मीनबहादुर गुरुङ र कृष्णबहादुर गुरुङले जग्गा उपलब्ध गराउनु भएको थियो ।

पुनः २०४९ सालमा जापानको निप्पोजान मेहोजिल भन्ने जापानी संस्था र पोखरामा रहेको धर्मशिला बुद्धविहारकोे सक्रियतामा निर्माण कार्य थालेर २०५६ सालमा सम्पन्न गरिएको थियो । बुद्ध जन्मेको देशमा बुद्धको मन्दिर नै भत्काइयो भनेर भिक्षुहरुले सो घटनालाई धार्मिक मारको सङ्ज्ञा दिएका आलोचना गरेका थिए । तत्पश्चात् विश्वका ठूला–ठूला भिक्षुले बुद्धको आठ अस्थी धातु ल्याएर सो स्थानमा विधिवत् निधान गरी धार्मिक विजयको कामना गरेका थिए । एक सय १५ फिट अग्लो स्तूपाको ३४४ फिट गोलाई भने स्तूपाको गजुरमा चाँदीको गजुरमा सुनको जलप लगाइएको छ ।

स्तूपामा दर्शनार्थीले एवं पर्यटकलाई निःशुल्क प्रवेश दिइन्छ । स्तूपा मर्मतसम्भार एवं नियमित आम्दानी नभएकाले स्थानीय सरकारले पर्यटकीय एवं धार्मिक गन्तव्यका लागि संरक्षण, सम्वद्र्धनका लागि बजेट छुट्टाउनुपर्ने बुद्धाचार्यको माग छ । स्तूपामा परिसरमा १० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका स्थानीय राजु क्षेत्रीले स्तूपा बन्द रहेको समयमा आन्तरिक पर्यटक आउने गरेको बताए ।

“यो बुद्ध धर्मावलम्बी र अन्य पर्यटकको लागि निकै आर्कषक स्थल हो, बन्दाबन्दीको समयमा केही आन्तरिक पर्यटक आउँथे, बन्द भएका कारण बाहिरबाट नै आसपासको दृश्यावलोकन गरेर फर्कने गरेका थिए, अब स्तूपा खुला भएको पर्यटकले स्तूपामै आएर दर्शन गर्न र सुन्दर दृश्यावलोकन गर्न सक्नेछन् ।” उनले अहिले पर्यटकको आगमन सुस्ताएको समयमा स्थानीय सरकारले पर्यटकीय गन्तव्यका बाटोघाटो र अन्य पूर्वाधार विकासमा जोड दिन सके पर्यटक आउन समयका लागि सहज हुने र सकारात्मक सन्देश जाने बताए ।

स्तूपाबाट फेवाताल, पोखरा बजार र आसपासका मनमोहक दृश्यको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखराका धार्मिक एवं पर्यटकीय गन्तव्य खुल्दै गएको बताए । “अब पोखराका प्रायः धार्मिक एवं पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका छन् । अब मुक्तिनाथ मन्दिर पनि खुला भयो भने यस क्षेत्रमा पर्यटन चलायमान हुनेछ ।”

कोभिड–१९ सँगसँगै स्वास्थ्य सतर्कता अपनाएर पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले पोखरा आसापासका पर्यटकीय गन्तव्य र विभिन्न धार्मिक मठमन्दिर खुला गर्नका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहेको जानकारी दिए।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top