×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

अप्टिकल फाइबर परियोजना : सकिनुपर्ने बेलामा २२ प्रतिशत प्रगति

१४ पुष २०७७

काठमाडौँ : दुई वर्षमा सक्ने भन्दै सुरु भएको देशैभर अप्टिकल फाइबर बिछ्याउने परियोजना सकिनुपर्ने बेलासम्म पनि निकै सुस्त छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार मध्यपहाडी लोकमार्ग हुँदै सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको भौतिक प्रगति मंसिरसम्ममा २२ प्रतिशत मात्रै छ ।

काम सुरु गरेको दुई वर्षसम्म सक्ने गरी प्राधिकरणले तीन वटा टेलिकम सेवा प्रदायकलाई ३ वटा परियोजनाको जिम्मा दिएको भए पनि नेपाल टेलिकमले मात्रै काम सुरु गरेको छ । अन्य दुई परियोजनाको भौतिक प्रगति शून्य छ । सूचना महामार्गको पहिलो प्याकेजअन्तर्गत नेपाल टेलिकमले प्रदेश १ देखि वाग्मतीसम्मका जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउने कामको जिम्मा पाएको थियो । टेलिकमले विभिन्न कम्पनीलाई यो कामको जिम्मा दिएको भए पनि १७ महिना बित्दा पनि परियोजनाको प्रगति २२ प्रतिशत मात्रै छ । मध्यपहाडी लोकमार्ग हुँदै सबै जिल्ला सदरमुकाम छुने गरी टेलिकमले २ हजार १ सय किलोमिटरभन्दा बढी अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि मंसिरसम्ममा जम्मा ४ सय ९१ किलोमिटर अप्टिकल फाइबर मात्रै बिछ्याइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसअघि कोभिड–१९ को प्रभाव देखाउँदै काममा ढिलासुस्ती भए पनि कामको गति बढाउन टेलिकमलाई निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । ‘हामीले डेढ साताअघि पत्र लेखेर कामको गति बढाउन टेलिकमलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘कोभिड–१९ को प्रभाव कम भएकाले हामीले गर्नुपर्ने सहजीकरण गर्छौं । तर कामको गति बढाउन भनेका छौं ।’

Advertisement

प्राधिकरणले दुई वर्षसम्म काम सक्ने गरी २०७३ असोज १२ गते टेलिकमलाई यो प्याकेजको ठेक्का बिनाप्रतिस्पर्धा दिएको थियो । टेलिकमले साढे दुई वर्ष लगाएर ठेक्का प्रक्रिया पूरा गरी २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको थियो । अप्टिकल फाइबर बिछ्याउन, सामान खरिद गर्न टेलिकमले ५ वटा कम्पनीलाई जिम्मा दिएको छ ।

प्राधिकरणले प्याकेज ३ अन्तर्गत कर्णाली सुदूरपश्चिम प्रदेशमा पनि अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई नै जिम्मा दिएको छ । यसअघि स्मार्ट टेलिकम प्रालिलाई जिम्मा दिइएको भए पनि २ वर्षसम्म काम नै सुरु नगरेपछि मन्त्रिपरिषद्ले स्मार्टबाट परियोजना खासेर टेलिकमलाई दिने निर्णय गरेको हो । यो निर्णय भएको करिब एक वर्ष हुन लाग्दा पनि परियोजनाको ठेक्का लाग्न बाँकी छ । प्याकेज तीनअन्तर्गत १ हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्छ ।

टेलिकमले प्याकेज नम्बर ३ का लागि माइक्रोवेब ट्रान्समिसन नेटवर्क र एडीएसएस अप्टिकल फाइबर नेटवर्कका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाएको भए पनि प्रक्रिया टुंगिएको छैन । प्याकेज २ अन्तर्गत कर्णाली र प्रदेश ५ का सबै जिल्ला सदरमुकाम छुने गरी प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडलाई कामको जिम्मा दिएको भए पनि यसको प्रगति शून्य छ । यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि यो परियोजनामा हालसम्म कुनै प्रगति भएको छैन । काम सुरु नै नगरेको यो कम्पनीलाई प्राधिकरणले पेस्कीबापत ४० करोड रुपैयाँ भुक्तानी भने दिइसकेको छ ।

परियोजनाको ठेक्का पाएको दुई वर्षसम्म पनि कुनै काम नगरी बसेको युनाइटेडबाट प्राधिकरणले परियोजना खोस्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारण यो परियोजनाको विषयमा प्राधिकरणले कुनै निर्णय गर्न सकेको छैन । यो परियोजनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्राधिकरणले सूचना महामार्गका लागि कुल ९ अर्ब ८९ करोड रुपैयाँमा तीनवटा प्याकेजको सम्झौता गरेको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top