NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

ओलीको चर्काे आलोचनासँगै पार्टी एकता कायमै राख्ने प्रचण्ड–नेपाल पक्षको उपाय !

बुधबार पुस १५ , २०७७
Reading Time: 1 min read
A A
ओलीको चर्काे आलोचनासँगै पार्टी एकता कायमै राख्ने प्रचण्ड–नेपाल पक्षको उपाय !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ ।

आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंसहित देशैभर विशाल प्रदर्शन भएको बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको सो कदमलाई नेकपा प्रचण्ड–नेपाल समूहले असंवैधानिक भन्दै विरोध गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आइरहेका छन् ।

LS Auto

काठमाडौंसहित देशैभर एकै दिन प्रदर्शन गरेको नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको प्रस्ताव प्रधानमन्त्री ओलीले फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएको छ । एकले अर्को पक्षलाई कारबाही गर्दै आफू नै आधिकारिक रहेको दाबी गरिएको छ ।

दुवै समूहका नेताहरूले एक अर्काका विरुद्धमा गम्भीर आरोप लगाउँदै आलोचना एवं विरोध गरिरहेका छन् । मंगलबार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको प्रदर्शनपश्चात् आयोजित सभामा प्रधानमन्त्री ओलीको चर्को रूपमा आलोचना भएको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शनलाई थप सशक्त बनाउँदै जाने स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताए ।

प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताए ।

काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

‘अझै केही बिग्रेको छैन, प्रधानमन्त्रीले आफ्नो असंवैधानिक कदम फिर्ता लिएमा पार्टी एकता कायम राख्न सकिन्छ,’ दाहालले भने, ‘संसद् विघटनको प्रस्ताव फिर्ता लिए प्रधानमन्त्रीलाई साथ दिन आफू अझै तयार नै रहेको छु ।’

अहिले प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव फिर्ता लिएमा पार्टी एकता कायम गर्दै सहकार्य गरेरै अगाडि बढ्न सक्ने उनले बताए । अब चुनाव भएर आउने प्रधानमन्त्रीले समेत यस्तै संसद् विघटन गर्न सक्ने बताउँदै उनले संविधानको कार्यान्वयन गर्न सुझाव दिए । सरकारले घोषणा गरेको वैशाखमा चुनाव नहुने भन्दै उनले ओलीको कदमले मुलुक धरापमा परेको बताए ।

सोही सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुलना गर्दै दुवैले जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।

‘ओलीजी, तपाईं प्रधानमन्त्री भएर जनतालाई सुख कम दुःख बढी दिनुभयो,’ नेपालले भने, ‘प्रधानमन्त्री ओली र पूर्वराजा ज्ञानेन्द्रबीच कुनै भिन्नतै छैन । दुवैले जनतालाई दुःख दिए । अब यो सरकार धेरै दिन रहँदैन ।’

अहिलेको समयमा नेपाली जनता दास बन्न र प्रतिगमनको पक्षमा नरहेको बताउँदै उनले प्रतिनिधिसभा जसरी भए पनि पुनस्र्थापना हुने बताए । ससंद् विघटन असंवैधानिक कदम भएको बताउँदै उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक प्रवृत्ति नभएको टिप्पणी गरेका छन् ।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले ओलीमाथि आरोप लगाए ।

‘ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाउनुभयो । पार्टीका नीति बिर्सनुभयो । कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्याँस ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ खनालले भने, ‘वास्तवमा उहाँले तीन वर्ष त गफै गरेर बिताउनुभयो ।’

नेकपालाई भर्‍याङ बनाएर ओली सत्तामा पुगेको बताउँदै उनले प्रधानमन्त्री भएकै दिनबाट पार्टी बिर्सिएको आरोप लगाए । पार्टी घोषणापत्रअनुसार सरकारले काम नगरेको भन्दै आक्रोश व्यक्त गर्दै उनले गफै गरेर देश नचल्ने बताए । राजधानी दैनिकमा खबर छ ।

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.