×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

प्रभावकारी बन्दै लिच थेरापी

१५ पुष २०७७

१५ पुस, तनहुँ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ।

केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो। छाला, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डण्डीफोर आएका, पुराना दाद, पायल्स लगायत केही जटिल रोगका बिरामीको उपचार निको भइसकेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताए।

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट तनहुँमा हालसम्म पाँचजनाको सफल उपचार भइसकेको उनले जानकारी दिए। जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ। छाला सम्बन्ध समस्या भएर औषधि सेवन गर्दा हैरान भएका नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यसमेत यस माध्यमबाट उपचार गर्न थालेका छन्।

दिनमा एकपटक तीन दिन जुकालाई चुसाउँदा छालाको समस्यामा न्यूनीकरण हुँदै गएकाले निको हुनेमा आफूलाई विश्वास लागेको उनले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा राम प्रबोध मण्डल गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजार रुपैयाँका दरले किनेर ल्याएका हुन्।

लिचीथेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोग गर्ने गरेको उनले बताए। उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको छ।

उपचार विधि प्रभावकारी बन्दै गएपनि यहाँको पानीमा बढी मात्रामा चुन मिसिएको पाइएकाले जुका मर्ने गरेकाले उपचारमा समस्या भएको उनले बताए।

‘एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ,’ उनले भने, ‘एकजना बिरामीलाई बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ।’

लिचथेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेशन लगायत रोगको उपचार गर्न सकिन्छ।

जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ। जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पुर्‍याउँछ । उनले भने, ‘तन्तु र मासु कुहिन दिँदैन, जुकाले तन्तु प्रवर्द्धनका लागि थप सहयोग गर्छ।’

गण्डकी प्रदेशस्तरीय एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा लिचीथेरापी माध्यमबाट उपचार शुरु गरेकोबारे जानकारी गराउँदा आफूलाई सम्मान गरिएकाले थप हौसला मिलेको डा. मण्डलले बताए।

उनका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्ध रगत चुस्छ र शुद्ध रगतलाई छाड्छ। जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस भए पनि दुख्न भने दुख्दैन।

जुकाले अशुद्ध रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्ध रगत चुस्न थालेपछि भने हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ।

एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन। उनले भने, ‘नियमित रुपमा थेरापी गराउनु पर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपर्छ।’

एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न लगाइनेछ। बिरामीको अवस्था हेरी दुईदेखि माथि जुकाको प्रयोग गर्न सकिने डा. मण्डलले बताए।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top