×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

पृथ्वी जयन्तीमा सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने

१५ पुष २०७७

१५ पुस, काठमाडौं ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।

Advertisement
Advertisement

“गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ”, उनले भने, “गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौं ।” तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए । भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए । गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म धादिङस्थित सेनाको गणले झण्डा र टर्च पुर्याउनेछ ।

Advertisement

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडौंस्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौं पुग्ने उनले बताए । गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिए । यसअघि गएको वर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top