१६ पुस, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
