बालुवाटार जग्गा प्रकरणका ‘मुख्य बिचौलिया’ शोभाकान्तकी श्रीमती २ लाख धरौटीमा रिहा

१६ पुस, काठमाडौं ।

Advertisement

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यका मुख्य अभियुक्त शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी २ लाख धरौटीमा रिहा भएकी छन्।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

Advertisement

उनीहरुले सरकारी जग्गा व्यक्तिको बनाएर ग्लोब आइएमी बैँकमा धितो राखेर ३ करोड ३५ लाख रुपैयाँ लिएका थिए। श्रीमानश्रीमतीको नामबाट उनीहरुले रकम निकालेका थिए।

थुनछेक बहसपछि विशेषले तोकेको धरौटी रकम बुझाएर उनी छुटेकी छन्। बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ।

Advertisement

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश विशेष अदालतले गरेको थियो। उनी मात्र एक प्रतिवादी हुन् जो थुनामा रहेका छन्।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भएका छन्। उनीहरु विशेष अदालतबाट जोशी बाहेक अन्य जनही ५ लाख धरौटीमा छुटेका थिए। जोशीलाई विशेषले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो।

सबैभन्दा पहिला डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल चैत ३ गते विशेष अदालत पुगेका थिए। आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरी मुद्दा दायर गरेको थियो।

पहिलो पटक अदालतमा हाजिर भएका पौडेललाई धरौटी नमागी थुनामा पठाउने आदेश विशेषले गरेको थियो। उनी त्यसविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई धरौटीमा छाडेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top