१७ पुस, अल्जेरिया ।
दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरूका १९ विदेशी रहेका थिए । त्यसै गरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरू सवार रहेका जनाइएको छ ।
यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।रासस /सिन्ह्वा