राजनीतिमा देशभक्ति हुनुपर्छ : प्रधानमन्त्री ओली

१७ पुस, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रममा राजनीतिबारे बालबालिकाहरुलाई बताउँदै राजनीति फोहोरी खेल बनाइएको पनि बताए ।

प्रधानमन्त्री ओलीले राजनीति आफैमा फोहोरी खेल नभई राजनीति गर्नेहरुले फोहोरी खेल बनाएको तर्क गरे । राजनीति त्याग र निष्ठा पनि रहेको बताउँदै बालबालिकाहरुलाई समय आएपछि राजनीतिमा लाग्न पनि प्रेरित गरे । उनले भने ‘राजनीति गर्नुभनेको एउटा त्याग गर्नुहो । राजनीति गर्नु भनेको कमाउनु होइन । कतिले भन्ने गरेको सुनेको छु मैले जोगी हुन राजनीति गरेको होइन भन्ने । राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले् जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनुपर्छ राजनीति गर्ने मान्छेले र देश बनाउन तयार हुनुपर्छ । त्यो भनेर राजनीति सुन्दाखेरी सबै तर्सिने अवस्था होला । राजनीतिको टुप्पोमा बस्ने मान्छेहरु साशनको टुप्पोमा बस्ने मान्छेहरु जोगी जस्तै हुनुपर्दछ ।’

नेपाल स्काउटले हरेक वर्ष जनवरी एकका दिन प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बालबालिकाहरुले प्रधानमन्त्रीसँग समसामयिक राजनीति, समाज, बालबालिकाको अधिकार र बालबालिका सम्बन्धी सरकारका नीतिहरुका बारेमा प्रश्न सोध्ने गर्दछन् । कार्यक्रममा उपत्यका भित्रका दर्जन बढी विद्यालयका सय भन्दा बढी बालबालिकाहरु सहभागि भएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top