१८ पुस, एजेन्सी ।
कङ्गोको संवेदनशील वुनिया क्षेत्रमा नेपाली सैनिकको पुनः तैनाथी गरिएको छ ।
केही महिनादेखि कोडेको नामक विद्रोही समूहले वुनिया क्षेत्रमा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकहरुलाई पुनः वुनिया क्षेत्रमा तैनाथ गरिएको हो ।
करीव १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियांमा हेमा र लेण्डु जातिहरुबिचको हिंसाका कारण सुरक्षा स्थिति भयावह भएपछि नेपाली शान्ति सैनिकहरुलाई पहिलो पटक उक्त क्षेत्रमा तैनाथ गरिएको थियो ।
तत्पश्चात सुरक्षा स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिकहरु द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रमा रहेको वेनी ईलाकामा र गत केही वर्षदेखी दक्षिण क्षेत्रमा रहेको बालुगुं ईलाकामा तैनाथ भएका थिए ।










