पुष्पकमल दाहाल हुँदा ठीक प्रचण्ड हुँदा बेठीकः शिक्षामन्त्री

१७ पुस ७७, शनिबार

१८ पुस, काठमाडौं ।
शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रचण्डका दुई नाम भएको भन्दै पुष्पकमल दाहाल हुँदा ठीक प्रचण्ड हुँदा बेठीक भएको बताएका छन्।

Advertisement

उहाँका दुईवटा नाम छन्। पुष्पकमल दाहाल हुँदा लुम्बिनीमा गएर परेवा उडाउँछ। प्रचण्ड हुँदा यी देख्नुभयो अहिले जस्तो हुन्छ, शनिवार नेकपाको ओली पक्षीय काठमाडौंका कार्यकर्ता भेलामा बोल्दै उनले भने, बेलैमा बुद्धि पुराइनस् पुड्के टाउकोमा हात लगाइ बस् भन्ने दिन आउँदैछ।

ओलीले प्रचण्डलाई स्थानीय सरकारको निर्वाचनमा मिलेर जान भन्दा नमानेको उनले टिप्पणी समेत गरे। प्रदेश र प्रतिनिधिसभाको चुनावमा मिलेर जानुको विकल्प भन्दै उनले ओलीले प्रचण्डलाई दाहाल बनाउने प्रयास गरेको बताए।

Advertisement

भनेर पुष्पकमल दाहाल बनाउन प्रयास भयो। दाहाल–दाहाल हुँदै थिए। ७०–३० मिल्या थियो। पुष्पकमल दाहाल बाट प्रचण्ड बने। अनी फेरि ओलीले फकाएर ६०–४० मा कुरो मिल्यो। दाहाल खुशी भयो, उनले भने, सहमति भयो चुनाव चिन्ह सूर्य लिएर उठ्ने सहमति भएको स्थायी कमिटीको बैठकमा कुरा सुनाउँदा खुशी भयौँ। तर, उहाँहरुलाई चुनाव चिन्ह मन परेनछ।

उनले प्रचण्डलाई ओलीले सूर्य दिएमात्र उठ्न सक्ने नत्र उठ्नै नसक्ने उनले दाबी गरे। साँच्चै भन्नुस् उहाँहरु त्यतिवेला सूर्य चिन्ह लिएर गएको भए के हुन्थ्यो। त्यतिबेला उहाँहरुलाई सूर्य चिन्ह मन परेन।

Advertisement

प्रचण्ड छातीमा सूर्य लिएर हिँड्या छ, मन्त्री श्रेष्ठले भने, अस्ति र्‍यालीमा देखियो। सूर्यमा बदाम राखेर खाँदै थियो। एक जना नेताले हसियाँ हतौडामा जुत्ता पुछिरहेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top