×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

१९ पुष २०७७

१९ पुस, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ ।

यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ ।

रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् ।

सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन् । यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६–७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ ।

सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ ।

कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।

समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो सयम सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताए । उनले भने, “बिरामीलाई चाहिएको बेला रगत नपाउँदा अधिकांशले ज्यान गुमाएका थुप्रै उदाहरुण छन्, अहिले सेना र सशस्त्रले रगत दिन थालेपछि ज्यान जोगिन थालेको छ, बिरामीलाई सहज भएको छ ।”

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा स्थानीय तहको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरउपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिए ।

सेना तथा सशस्त्र प्रहरीले प्रायः यहाँका अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताए ।

उनले भने, “हामीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आवश्यक परेका बेला आफ्नो रगतदान गर्ने गरेका छौँ, हाम्रो रगतले कसैको ज्यान जोगिन्छ भने हामी जतिबेला पनि रगत दिन तयार छौँ ।”

यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीयवासी सेना तथा सशस्त्र प्रहरीका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनले भने, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ ।” यहाँका पहाडी जिल्लामा रगत अभावका कारण कयौँ स्थानीयवासीको अकालमै ज्यान गइसकेको छ ।

जिल्लामा रहेका स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, “रगतदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीयवासी रगतदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्यान नै खतरामा पर्ने गर्छ, रगतदान गर्दा कुनै असर हुँदैन, रगतदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ ।” जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न अभियानको शुरुआत गरे पनि रगतदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन् । रगतदान गर्नुपर्छ, आफूले दिएको रगतले कुनै एक व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बानीको विकास नभएसम्म जिल्लामा रगतदान गर्ने पाउन मुस्किल पर्ने शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top