१९ पुस, विराटनगर ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३ सय १५ पुगेको छ ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।