आफैँले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भयोः माधव नेपाल

२१ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाँड सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहु¥याएर बस्नुपर्ने अवस्थामा पु¥याएको समेत बताए । उनले भने ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाँडहरु सुन्नुहोस । त्यो ओहोदामा पुगेको र देशको अविभावक भएको प्रधानमन्त्रीको मुखबाट देश भित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर तालि बजाउने होइन शिर निहु¥याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । किनभन्दा के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अव घाँडो हुन पुग्नुभयो ।’

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए । जनताको हितमा काम नगर्ने तर भ्रष्ट्राचारलाई मौलाउने भूमिका खेल्ने प्रवृतिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए । उनले भने ‘उहाँले आफूखुशि काम गरेर, जनताका समस्यालाई बेवास्ता गरेर, देशमा बेहाली ल्याएर, भ्रष्ट्राचारलाई मौलाउने काममा भूमिका खेलेर, सबै खालका लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चेर चल्ने कुरालाई पार्टी भित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलिको विरोध गरिएकै हो तर पार्टी भित्र गरिएको हो ।’

कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको हत्या गर्न खोजेको आरोप समेत लगाए । प्रजातान्त्रिक प्रवृति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत बताए । अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठीक व्याख्या गरेर गलत गर्नेहरुलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top