अदालतमा गएर बहस गर्नुपर्छ भने पनि तयार छुः रामचन्द्र पौडेल

२१ पुस ७७, मंगलबार
Share this
686shares

२१ पुस,काठमाडाैँ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा बोल्दै बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

कुनै कानूनी तथा संम्बैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधि सभालाई पुर्नस्थापना गर्ने विश्वस रहेको बताए ।

बरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वांकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधि सभा माथि रिस पोख्ने तथा प्रतिनिधि सभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफुहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।

Advertisement

उनले प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउनसक्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top